घोडाघोडी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
सुदूरपश्चिम प्रदेश, सुखड, कैलाली
,
प्राय: सोधिने प्रश्नहरू
-
प्रश्न १: नगरपालिकाको कार्यालय समय कहिलेदेखि कहिलेसम्म हो?
उत्तर: कार्यालय समय बिहान १०:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म, आइतबारदेखि शुक्रबारसम्म हुन्छ। सार्वजनिक बिदामा कार्यालय बन्द हुन्छ।
-
प्रश्न २: सम्पर्क कसरी गर्ने?
उत्तर: फोन ०९१ ४०३०६४, ४०३०२६, इमेल ghodaghodimun@gmail.com वा कार्यालयमा प्रत्यक्ष आएर सम्पर्क गर्न सकिन्छ।
-
प्रश्न ३: नगरपालिकाबाट के–कस्ता सामाजिक सेवा पाइन्छ?
उत्तर: ज्येष्ठ नागरिक भत्ता, अपांगता परिचयपत्र, एकल महिला सहायता, छात्रवृत्ति जस्ता सेवाहरू उपलब्ध हुन्छन्।
-
प्रश्न ४: सामाजिक सुरक्षा भत्ता कसरी पाउने?
उत्तर: नागरिकता, वडा कार्यालयको सिफारिस र सम्बन्धित प्रमाणपत्र (ज्येष्ठ नागरिक, अपांगता, एकल महिला आदि) बुझाउनुपर्छ।
-
प्रश्न ५: गुनासो कहाँ दिने?
उत्तर: सार्वजनिक गुनासो डेस्कमा, अनलाइन फारममार्फत वा सुझाव बाकसमा गुनासो दिन सकिन्छ।
-
प्रश्न ६: सेवा सुधारका लागि सुझाव कसरी दिने?
उत्तर: कार्यालयमा उपलब्ध सुझाव फारम भरेर वा आधिकारिक इमेलमा पठाएर सुझाव दिन सकिन्छ।
© 2026. घोडाघोडी नगरपालिका,
सुदूरपश्चिम प्रदेश, नगर कार्यपालिकाको कार्यालय.
सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain