घोडाघोडी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
सुदूरपश्चिम प्रदेश, सुखड, कैलाली
,
महिला तथा बालबालिका शाखा
गैर सरकारी संस्था दर्ता
१) संस्था दर्ताको लागि निवेदन ।
२) संस्थाको विधानको प्रतिलिपी ।
३) सम्बन्धित वडाको सिफारिस पत्र ।
४) संस्थाका पदाधिकारीहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
५) कार्यसमिति गठनको निर्णयको प्रतिलिपी 6) संस्थाको छाप ।
उल्लेखित कागजातहरू सहित निवेदन पेश भएपछि अध्ययन गरी औचित्य र आवश्यकताका आधारमा दर्ता गरिनेछ ।
जेष्ठ नागरिक परिचय पत्र
१) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।
२) हालसालै खिचेको पास्पोर्ट साइजको दुई प्रतिफोटो लिई स्वयं वा संरक्षक उपस्थित हुनु पर्नेछ ।
३) मतदाता परिचयपत्रको प्रतिलिपी
४) वडा कार्यालयको सिफारिस
५) बसाईसराइ आएको हकमा बसाईसराई प्रमाणपत्रको प्रतिलिपी
उल्लेखित कागजातहरू सहित महिला तथा बालबालिका शाखामा निवेदन दिनु पर्नेछ र अन्य जाँचबुझको आधारमा परिचय पत्र प्रदान गरिनेछ ।
अपाङ्गता परिचय पत्र
१) अपाङ्गता परिचय पत्र वितरण कार्यविधि २०७६ को अनुसूची १ र ३ अनुसारको फाराम २ थान ।
२) नेपाली नागरिकता वा बच्चाको जन्मदर्ताको प्रमाण पत्रको प्रतिलिपी र अभिभावकको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी।
३) वडा कार्यालयको सिफारिस पत्र ।
४) नेपाल सरकार बाट मान्यता प्राप्त विशेषज्ञ डा. वा चिकित्सकको सिफारिस पत्र ।
५) सम्वन्धित कर्मचारीको प्रतिवेदन ।
६) हालसालै खिचेको अटोसाइजको प्रतिफोटो तीन प्रति ।
७) अपाङ्गता देखिने पुरा साइजको फोटो एक प्रति
उल्लेखित कागजातहरू सहित महिला तथा बालबालिका शाखामा निवेदन दिनुपर्नेछ र अन्य जाँचबुझको आधारमा परिचय पत्र प्रदान गरिनेछ ।
प्रमुख